२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

गुलेली प्रहार गर्दै प्रहरीलाइ लखेट्ने प्रयास


३०१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित २ साल अघि
  • अशोक कुँइकेल

    ३० साउन, काठमाडौं । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् । स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् ।

    ‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् । ५० ट्रकजति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ’, एक जना स्थानीयबासिन्दाले भने l

    नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठुलो रुपमा लिन्छ,’ उनले भने ।

    नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एकनम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासीमाथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनु पर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार