२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

दोहोरो नागरिकता सिफारिस गर्ने वडा अध्यक्षलाई प्रहरीले झ्याप


२९६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित २ साल अघि
  • सुदिप काफ्ले

    रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति निवासी निर्मला बस्नेतले नाम तथा जन्म मिति परिवर्तन गरी दोहोरो जन्म दर्ता गरेर दोहोरो नागरिकता लिनको लागि सिफारिस गर्ने वडाअध्यक्ष मान बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई घटनाको विषयमा अनुसन्धान गर्न आइतबार पक्राउ गरेको हो । प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत र दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिल कुमारी बस्नेत र वडा सचिवलाइ यसअघि नै प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापले वडाअध्यक्षमाथि अनुसन्धान सुरु भएको बताएको छ । प्रहरीले नक्कली जन्म दर्ता बनाउने वडा सचिवलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दोहोर्याएर नागरिकता लिन खोज्ने निर्मलाको कारण हाल उनकी आमा, वडाअध्यक्ष र वडा सचिव प्रहरी हिरासतमा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार