२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

भयरहित ढंगबाट निर्वाचन सम्पन्न हुन्छ—आईजीपी


२५६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३१ साउन, जनकपुरधाम । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

    जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’

    अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए । उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको उनले बताए  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार