२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

गोकुले सडकको लागी एक अरब बजेट


३७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेको दुर्गम क्षेत्रलाई समेट्ने पन्थली ‚रजवास‚ बुडाखानी गोकुले सडकको लागि १ अरब बजेट व्यवस्था गरेको बताउनु भयो ।

    काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको जिल्ला भेलाको उद्धाटन गर्दै मुख्य मन्त्री पाण्डेले उक्त धारणा राख्नुभएको हो । काभ्रेको दुर्गम भेलगाइ समेट्नको लागि सहज रहोस् भनी समपूरक कोषबाट उक्त बजेट व्यवस्था गरेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि पाण्डेले भन्नुभयो–राज्यको तफर्बाट काम गर्दा नाफा नोक्सान हेर्ने होइन जनताको सेवा कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनु भयो । सरकारले ढुकुटीलाई सञ्चित गरेर राख्दैमा राम्रो मान्न सकिन्न जनताको सेवाको लागि नहिचकिचाई खर्च गर्नु पर्छ ।

    कर्मचारी अभावले गर्दा जनताको काम गर्न समस्या परेको छ‚ जनताले समयमा सहज ढङ्गबाट सेवा पाउनको लागि दक्ष कर्मचारी आवश्यक हुन्छ ।

    तर वागमती प्रदेशमा १४ सय कर्मचारी अपुग छ‚ जसले गर्दा सेवाग्राहिले सहज ढङ्गबाट सेवा पाउन अलि कठिन भएको बताउनु भयो । प्रदेशमा अपुग भएका कर्मचारीहरू दुइ महिना भित्र परिपूर्ति गर्ने ठोकुवा गर्नुभयो । कर्मचारी अभाव साथै एउटै मन्त्रालयबाट धेरै काम गर्नु पर्दा समयमा काम नहुदाँ १३ लाखले सवारीचालक अनुमति पत्रको लागि लाइनमा बसेका थिए । निकै जिटल समस्या भएकोले मन्त्रालय विभाजन गरेर काम अगाडि बढाउदा हाल सहज भएको बताउनु भयो ।

    कृषकहरूले रासायनिक मल समयमा नपाउँदा समस्या परेकोले प्रदेश सरकारले रासायनिक मल बनाउने कारखाना खोल्ने तयारी गरेको बताउनु भयो ।

    कृषकको हितको खातिर कृषि ओैजार कारखाना समेत खोलिने तयारी गरेको बताउनु भयो । सङ्घीयतामा सबैभन्दा शक्ति चाहिँ वडा अध्यक्ष हो‚वडा अध्यक्ष विना कुनै हलचल हुनै सक्दैन सङ्घियतामा वडा अध्यक्ष सबैभन्दा शक्तिशाली हुनुपर्छ मुख्य मन्त्री पाण्डेको तर्क थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार