काभ्रेपलाञ्चोक। पाँचखाल नगरका प्रमुख महेश खरेलले काठमाडौं कङ्क्रिटले भरिएकोले बसोवासको लागि योग्य नभएको बताउनु भयो ।
काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिको जिल्ला सभामा शुभकामना मन्तव्य राख्दै पाँचखाल प्रमुख खरेलले उक्त धारणा राख्नु भएको हो । खरेलले थप्नुभयो–बसोवासको लागि काठमाडौँको विकल्प काभ्रे उपयुक्त भएको बताउनू भयो ।
काभ्रेको केही स्थान अझैपनि बिकट छ तर त्यस्ता स्थानमा सवै मिलेर विकास गर्नुपर्छ । जिल्लाको विकासको लागि सबै मिल्नु पर्छ विकास निर्माण कार्यमा दलगत स्वार्थ रहन्न विकास वादको ढङ्गबाट अगाडि बढ्नु पर्छ खरेलले भन्नु भयो ।
बागमती प्रदेशको राजधानी काभ्रे उपयुक्त छ‚ जुन कार्यको लागि अभियान थाल्न जरुरी छ ।स्थानीय तहको अधिकार कुण्ठित गर्ने खेल भएको छ जसको लागि चनाखो हुन जरुरी भएको खरेलको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस