२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

दिदि वहिनि मिलेर श्रीमानको हत्या


४१२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ६, सोमबार मा प्रकाशित २ साल अघि
  • बाग्लुङको निसिखोला गाउँपालिका–१ कालीमाटीस्थित निसिखोलामा भदौ १ मा एकजना युवकको शव भेटियो । शवको टाउको थिएन । जिउको भाग मात्रै खोलामा फेला परेका मृतक थिए, निसिखोला घर भएका २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ ।

    तुबहादुरको हातको ट्याटुका आधारमा उनको शव पहिचान गरिएको बाग्लुङका एसपी दयानिधि ज्ञवालीले बताए । तुलबहादुरको टाउको अझै भेटिएको छैन । साउन २५ मा तुलबहादुरकी पत्नी २२ वर्षीया कुमारी बिक र १८ वर्षीया साली मनिषा बिक मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपमा प्रहरीले पत्नी र साली दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

    भदौ १ मा दिउँसो सवा ११ बजेतिर टाउको काटेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । हत्या अनुसन्धान गर्न बाग्लुङका एसपी ज्ञवाली आफैं निसिखोलामा पुगेका थिए । पत्नीको योजनामा तुलबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘लामो पारिवारिक बेमेलका कारण हत्या भएको देखिन्छ,’ एसपी ज्ञवाली भन्छन्, ‘७ वर्षदेखि पत्नी र पतिकोबीचमा मनमुटाव भएको देखिन्छ ।’

    ७ वर्षदेखि उनीहरुको बिचमा झगडा परिरहन्थ्यो । तुलबहादुरले पत्नी कुमारीलाई मतलव गर्दैनथे । तुलबहादुर विवाहेत्तर सम्बन्धमा रहेकोबारे पत्नी जानकार थिइन् । नयाँ दिल्लीमा लामो समय बस्दा फोन नगरेको र पोखरामा अरु महिलासँग घुमेको कुराले कुमारी विक्षिप्त भएकी थिइन् ।

    विदेश उड्ने तयारीमा थिए तुलबहादुर

    साउन २५ मा बिहान तुलबहादुर काठमाडौंबाट घर फर्केका हुन् । मलेशिया जाने तयारीमा रहेका उनी काठमाडौंमा आएर मेडिकल गरेर बाग्लुङ फर्केका थिए । साउन २६ बाट ३१ सम्म ढोरपाटनमा मेला लाग्थ्यो । गाउँमा उनले साथीभाइसँग मेला जाने कुरा गरेका थिए । तर, पत्नी र साली मिलेर मेला शुरु हुने अघिल्लो राता नै उनको इहलिला समाप्त गरे ।

    हत्यापछि गाउँलेले सोध्दा कुमारीले  भनिन्, ‘मेला जानु भएको छ ।’ मोवाइल घरमै चार्जमा छाडेर गएको श्रीमतीले प्रहरीलाई बताइन् । तर, अनुसन्धान गर्दै जाँदा योजनाबद्ध रुपमा उनको हत्या गरेर खोलामा फालेको थाहा भएको छ ।

    योजनाबद्ध रुपमा पहिले घनले हानेर बेहोस बनाएको र त्यसपछि ४ पटक चिर्पटले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको एसपी ज्ञवालीले जानकारी दिए । ‘हत्यापछि आरोपीहरुले ७ किलोमिटर तल शव लगेर फालेका थिए’ एसपी ज्ञवाली भन्छन्–‘टाउको फेला परेको छैन्, खोजी हुँदै छ ।’

    मेलामा गएर उतै हत्या भएको भन्ने पार्नका लागि कुमारीले ‘मेला जानुभएको छ’ भनेर गाउँलेलाई भनेको थाहा भएको छ । शव भेटिनुअघि श्रीमान हराएकोबारे कुमारीले कसैलाई भनिनन्. । आरोपीहरु भदौ ४ मा पक्राउ परेका हुन् । स्रोत रातोपाटी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार