२०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025

यस्तो छ आजको मौसम पूर्वानुमान


२९७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • हाल देशभरको मौसममा  आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र  मधेश प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

    मध्यम वर्षाको सम्भावना रहेको पहाडी भूभागमा पहिरो र गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने तथा तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु