२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मन्त्रीसँग विवाद भएपछि पक्राउ परे सेक्युरिटी गार्ड


३६९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १९, आईतबार मा प्रकाशित २ साल अघि
  • मन्त्रीसँग विवाद गरेपछि एक सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा प्रहरीले ठमेलस्थित छाया सेन्टरमा कार्यरत सेक्युरिटी गार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन् । गरुड सेक्युरिटीबाट त्यहाँ खटिएका उनले मन्त्रीसँग विवाद र गरेको आरोप छ । विवादका क्रममा धक्कामक्का हुन पुगेको बताइएको छ ।

    आइतबार पीएसओसहित श्रीमतीको बायोमेट्रिकका लागि त्यहाँ पुगेका श्रेष्ठसँग गुरुङले विवाद गरेको बताइएको छ । लाइन बस्ने विषयमा मन्त्रीसँग विवाद भएको बताइएको छ । श्रेष्ठ श्रीमतीको क्यानडाको भिसा प्रयोजनका लागि त्यहाँ बायोमेट्रिकका लागि पुगेको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले गुरुङलाई बृत्त दरबारमार्गमा राखेर थप अनुसन्धान भइरहेको बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार