२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तत्कालिन उपप्रमुख, वडाअध्यक्ष सहित ५ जनालाई भ्रष्टाचार मुद्धा


५९९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २०, सोमबार मा प्रकाशित २ साल अघि
  • बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का र प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

    प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य पदार्थको कर संकलन गर्दा कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानी नोक्सानी गरेको आगोगको ठहर छ । तोकेको दरमा सूचना प्रकाशन गरेर ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर राजस्व संकलन गर्दा नागरपालिकालाई १७ लाख ४० हजार हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

    आयोगले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कालाई ३४ लाख ८० हजार,  तत्कालीन वडाअध्यक्ष जीवन आचार्यलाई ३४ लाख ८० हजार र  प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्यायसँग सोही परिणाममा बिगो माग दावी लिएको छ ।  राजस्व शाखाका सदस्य सचिवविरुद्ध पनि समान बिगो मागदावी लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार