काभ्रेपलाञ्चोक । काभ्रेकोे ऐतिहासिक धरोहरको रुपमा परिचित पनौती नगरपालिकामा मापदण्ड विपरित निर्माण भएको संरचनाहरु हटाउने भएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै मापदण्ड विपरित निर्माण भएको संरचनाहरु हटाउने जानकारी गराएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने द्वारा हस्ताक्षरित सूचजना जारी गर्दै नगरवासिहरुलाई जानकारी गराईएको छ ।
सुचनामा उल्लेख भएको छ ‘यस नगरपालिकाको विभिन्न स्थानहरु तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको भन्ने जानकारी प्राप्त भएकोले नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न गराउनु हुन र मापदण्ड विपरित निर्माण भएका सम्पूर्ण घर टहराहरु हटाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’
सूचनामा उल्लेख गरिएको छ — ‘यस सूचनालाई बेवास्ता गरि काम गरिरहेको देखिएमा वा नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ।’नगरपालिकाले सुचना जारीगरेसंगै मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउने बिषयमा नगरवासिहरु निकै चनाखो भएका छन् ।
प्रतिक्रिया दिनुहोस