२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु, युवक घाइते


३३८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २८, मंगलबार मा प्रकाशित २ साल अघि
  • २८ भदौ, वीरगञ्ज । वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । अर्को एक जना घाइते भएका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ बस्ने ७० वर्षीय वृद्ध फजिल देवानको मृत्यु भएको हो । भने सोही स्थानमा बस्ने ४० वर्षीय जुमदिन देवान घाइते भएका हुन् ।

    मंगलबार दिउँसो साढे २ बजे वीरगञ्ज–२५ अलौ स्थित सडकखण्डमा बा.२ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्दार गरी तत्कालै एल.एस.न्यूरो अस्पताल वीरगञ्जमा पठायो । मोटरसाईकलको पछाडि बसेका ७० वर्षीय फजिल गम्भिर घाइते थिए ।

    उपचारकै क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले बताए । एम्बुलेन्स र चालक वीरगञ्ज महानगरपालिका–१९ बस्ने ४० वर्षीय जियालाल यादवलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार