२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रे रेडक्रसको नेतृत्वमा हुमागाई


३०१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन १, शनिबार मा प्रकाशित २ साल अघि
  • नेपाल रेडक्रस सोसाइटीको अध्यषमा रघुनाथ हुमागाईं विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा हुमागईंले विदुर प्रसाद घिमिरेलाई ७४ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।
    हुमागाईंको प्रतिद्वन्द्वी घिमिरेले ६० मत प्राप्त गरेका थिए ।

    उपसभापतिमा दवेन्द्रप्रसाद भैलले ८५ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी बाबुकाजी पराजुलीले ४३ र माधव प्रसाद हुमागईंले ७ मत प्राप्त गरेका थिए । महिला उपसभापतिमा पुण्यमती घलेले ७९ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी गिता कुवँर क्षेत्रीले ५० मत प्राप्त गरेका थिए । त्यसैगरी मन्त्रीमा हेमलाल तामाङले ७९ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी शिवराम आचार्यले ५४ मत प्राप्त गरेका थिए । उपमन्त्रीमा राजु सिग्देलले ९१ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी रामगोपाल कर्माचार्यले ४० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रेमकुमार तामाङले ७६ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी रामप्रसाद कोइरालाले ५१ मत प्राप्त गरेका थिए । त्यस्तै उपकोषाध्यक्षमा निलम श्रेष्ठले ८१ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी इश्ववरराज जंगमले ४४ मत प्राप्त गरेका थिए ।

    सदस्यरुमा महिला सदस्यहरु पार्वती थापा, सुभद्रादेवी गरागाईं, गिता तिमल्सिना, अन्य सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, देविप्रसाद नेपाल, नवराज दुलाल, ज्ञानबहादुर तामाङ, पुस्कर प्रसाद तिमल्सिना, कृपेन्द्र श्रेष्ठ र भोटु हुमागाईं निर्वाचित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार