२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

आर्थिकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अनियमितता प्रमाणित भएमा कारवाही भोग्न तैयार छु—शर्मा


४५२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका वडा नं ४ मा केन्द्रिय कार्यालय रहि काभ्रे जिल्लाभरी कार्यक्षेत्र भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १६ औं बाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
    काभ्रे जिल्लामा रहेका विपन्न बर्ग‚ कृषक‚ उद्यमीहरू‚ व्यवसायीहरू लगायतका लागि आ—आफ्नो व्यवसाय वृद्धिका लागि आर्थिक अभाव हुन नदिनको लागि साथै समाजमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै बचत गर्ने बानीको विकास गराउने मुल उद्देश्यले सञ्चालन गरेको संस्थाले आफ्नो लक्ष अनुसारको कार्य गर्दै सहकारी क्षेत्रमै पृथक र अव्बल सावित भएको छ ।

    संस्थाले आर्थिक कारोबारको साथमा सामाजिक कार्यलाई समेत जोड दिदै समाजको हितको खातिर समेत निरन्तर कार्यहरू गर्दै आएको पर्याप्त उदाहरणहरू रहेका छन् । संस्थाको आर्थिक पारदर्शितालाई प्रमुख प्राथमिकता दिदै त्रैमासिक रुपमा चार्टर एकाउन्टेन्टको सहायता लिदै आन्तरिक लेखा परिक्षण गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । संस्थाको आर्थिक पारदर्शिताको कारण संस्थामा आवद्ध शेयर सदस्यहरू निश्चिन्त रुपमा रहँदै पूर्ण रुपमा सुरक्षित महसुस गर्दै ढुक्कका साथ कारोबार गर्दै आएका छन् ।

    संस्थामा आवद्ध शेयर सदस्यहरूको हर प्रकारको समस्यालाई आत्मासाथ गर्दै समस्या समाधानको लागि संस्थाले भूमिका निर्वाह गर्दै आएको छ । कुनैपनि शेयर सदस्यको समस्यामै संस्थाको सिंगो टिमको समस्या सम्झदै अगाडि बढ्ने नीतिले गर्दा आर्थिक विकास अन्य सहकारीको तुलनामा पृथक सावित हुन सफल भएको छ ।

    संस्थाको १६ बाषिर्क साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्माले राज्यले सहकारी क्षेत्रलाई कमजोर बनाउने ढङ्गको कार्य गरेकोमा दुखेसो पोख्दै सम्पूर्ण सहकारीहरु सचेत हुनुपर्ने बताउनु भयो । सहकारीले विपन्न बर्गको चुलो बाल्ने कार्य गरेको छ‚ विपन्नलाई साथ र सहयोग गरिरहेको छ ‚ तर सरकारले भने सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि शर्माले थप्नुभयो—सहकारीमा कारोबार गर्दै गरेका शेयर सदस्यहरूलाई विभिन्न प्रलोभन देखाउनाको साथै सहकारीको बारेमा नकारात्मक टिका टिप्पणी गर्दै बैंकमा कारोवार गर्ने वातावरण तैयारी गर्दैछन् जुन विषयलाई सहकारीले चासो दिनु पर्ने बताउनु भयो । यस्ता भ्रमहरूलाई चिर्नको लागि सहकारीमा आवद्ध रहेका शेयर सदस्यहरूको मन जित्ने साथै सदस्यहरूको मन जित्ने कार्य गर्न जरुरी रहेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि शर्माले थप्नुभयो—सहकारीमा कारोबार गर्दै गरेका शेयर सदस्यहरूलाई विभिन्न प्रलोभन देखाउनाको साथै सहकारीको बारेमा नकारात्मक टिका टिप्पणी गर्दै बैंकमा कारोबार गर्ने वातावरण तैयारी गर्दैछन् जुन विषयलाई सहकारीले चासो दिनु पर्ने बताउनु भयो । यस्ता भ्रमहरूलाई चिर्नको लागि सहकारीमा आवद्ध रहेका शेयर सदस्यहरूको मन जित्ने साथै सदस्यहरूको मन जित्ने कार्य गर्न जरुरी रहेको बताउनु भयो ।

    संस्थाका अध्यक्ष सरोज सापकोटा को सभापतित्व सम्पन्न कार्य जिल्ला बचत संघ काभ्रेका सचिव सुरेन्द्र पौडेल‚ पाँचखाल नगर कृषि तथा सहकारी शाखाका सुदर्शन वोलखे‚ पाँचखाल नगर सहकारी समन्वय समिति पदाधिकारी शिवहरी लामिछाने‚ प्रगतिशिल ब.स.स लि का अध्यक्ष केशव प्रसाद काफ्ले‚स्वेच्छा साकोसका अध्यक्ष ओमकार श्रेष्ठ‚ प्रतिष्ठा कृषि सहकारीका अध्यक्ष ज्ञान व थापा‚ ग्रामिण महिला ब.स.स लि का संचालक लक्ष्मी गिरी‚ संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार इश्वरी राजकुमार मैनाली‚ पुर्व अध्यक्ष एवं सल्लाहकार दामोदर अधिकारी‚ सल्लाहकार रामशरण लुइटेल‚ सल्लाहकार रामशरण दाहाल लगायतका सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

    संस्थाका अध्यक्ष सरोज सापकोटा को सभापतित्व सम्पन्न कार्य जिल्ला बचत संघ काभ्रेका सचिव सुरेन्द्र पौडेल‚ पाँचखाल नगर कृषि तथा सहकारी शाखाका सुदर्शन वोलखे‚ पाँचखाल नगर सहकारी समन्वय समिति पदाधिकारी शिवहरी लामिछाने‚ प्रगतिशिल ब।स।स लि का अध्यक्ष केशव प्रसाद काफ्ले‚स्वेच्छा साकोसका अध्यक्ष ओमकार श्रेष्ठ‚ प्रतिष्ठा कृषि सहकारीका अध्यक्ष ज्ञान व थापा‚ ग्रामिण महिला ब।स।स लि का संचालक लक्ष्मी गिरी‚ संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार इश्वरी राजकुमार मैनाली‚ पुर्व अध्यक्ष एवं सल्लाहकार दामोदर अधिकारी‚ सल्लाहकार रामशरण लुइटेल‚ सल्लाहकार रामशरण दाहाल लगायतका सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार