२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

थाहा नगरपालिकामा बृहत् सरसफाई


३०४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ९, आईतबार मा प्रकाशित २ साल अघि
  • मकवानपुर । हिन्दुहरुको महान पर्व नजिकंदै गर्दा मकवानपुरको थाहा नगरपालिकाको वडा नं. ६ मा समाजमा पृथक पहिचान कायम गर्न सफल लवग्रीन नेपाल नामक संस्थाको सहकार्यमा बृहत सफाई गरेको छ ।

    थाहा नगरपालिका वडा नं. ६ र बजार व्यवस्थापन समिति साथै लवग्रीन नेपालको संयुक्त आयोजनामा बृहत् सरसफाई कार्यक्रम सम्पनन गरिएको हो ।

    उक्त सरसफाई कार्य ऐतिहासिक बज्रबाराही मन्दिर परिसर देखि सुरु भई बाराहीचौर, सरस्वतीबजार हुदै बगरबजार सम्म गरिएको थियो । त्यसैगरि बज्रबाराही मन्दिर परिसरको खोला र सिस्नेरी खोला समेत सरसफाई गरिएको थियो । उक्त कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, स्थानीय, चनवन व्यारेकबाट ४५ जना नेपाली सेना, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालि लगायत कर्मचारीहरु, स्काउटका विद्यार्थी ३० जना, बज्रबाराही बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीय बुद्धिजिवीहरु गरी १५५ जनाको सहभागीता रहेको थियो ।

    थाहा नगरपालिकाको वडा नं. १,२ र ६ मा विगत ३० बर्षदेखि सामाजिक हितको खातिर कार्य गर्दै आएको लवग्रीन नेपाल नामक संस्थाले ले थाहा नगरपालिकासंगको सहकार्यमा विगत तीन वर्षदेखि वातावरण संरक्षणका लागि सामुदायिक फोहरमैला व्यस्थापन तथा जनचेतना अभिवृद्धि कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार