२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पाँचखालमा नक्कली रासायनिक मल, सचेत रहन नगरले जारी गर्यो सुचना


२४८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । मुलुकमा रासायनिक मलको अभावको मौका छोप्दै बजारमा बिभिन्न व्राण्डका नक्कली रासायनिक मलहरु विक्रि भएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै नगरपालिकाले कृषकहरुलाई सचेत गराउंदै सुचना जारी गरेको छ ।

    पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानी द्वारा हस्ताक्षरीत सुचनामा नेपाल सरकारले सिफारिस गरेको गुणस्तर युक्त रासायनिक मल मात्रै खरिद गर्न उललेख भएको छ ।

    नगरपालिकाको सिफारिसको आधारमा कृषि सामाग्री कम्पनि लिमिटेडको कार्यालय र साल्ट टे«डिङ्ग कर्पोरेशन कार्यालय बाट डिलरसिप लिएका डिलरहरुले सो दुई स्थानबाट उपलब्ध गराउने गुणस्तरिय मल बाहेकका अन्य मल विक्रि नगर्न सुचनामा उल्लेख भएको छ ।

    नगरपालिकाले सुचना प्रकाशित गर्दै कृषि नगरका कृषकहरुलाई गुणस्तरहिन (नक्कली) मल प्रयोग गरी खेती नविगार्न सुझाव दिदै सुचना मार्फत अपिल गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार