९ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ नौरङ्गेमा जंगली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते बिहान ६ बजे मर्निङवाक् जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बँदेलले आक्रमण गर्दा घाइते भएका ४० वर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो ।पेटमा गहिरो चोट लागेका बिकको शरीरका अन्य भागमा समेत चोट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस