२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चुनावको दिन यातायातका साधन सञ्चालन गर्न पाईने 


२६३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २२, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — निर्वाचन आयोगले आउँदो मंसिर ४ गतेको आमनिर्वाचनमा यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।मतदानका दिन सार्वजनिक यातायात बन्द हुँदा अप्ठ्यारो बाटोबाट मतदाता ओसार्दा निर्वाचन आचारसंहिताको बर्खिलाप हुने र  जेष्ठ नागरिक, अशक्त व्यक्तिलाई अप्ठेरो पर्ने, आवगमनका निम्ति सवारी अनुमति माग्नेको भीड व्यवस्थापन गर्न कठिन भएकोले व्यवस्थित ढंगले यातायातका साधन चल्न दिने निर्णय भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शनिबार जानकारी दिए ।

    ‘स्थानीय तहलगायत विगतका निर्वाचनमा मतदानको दिन सार्वजनिक यातायात बन्द हुँदा अप्ठ्यारो बाटोबाट मतदाता ओसार्दा आचारसंहिताको बर्खिलाप हुने, जेष्ठ नागरिकहरु, अशक्त व्यक्तिहरु मतदान केन्द्र टाढा छ भने अन्य व्यक्तित्वहरुलाई अप्ठेरो पर्ने र त्यसदिन आवगमनका निम्ति सवारी अनुमति माग्नेको भिड व्यवस्थापन गर्न पनि कठिन भएकोले सबैको सुझावको आधारमा मंसिर ४ गतेको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्ने निर्णय गरेका छौं,’ आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने ।

    उनका अनुसार निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरीलगायतका व्यक्तिहरु सम्मिलित कार्यदल गठन गरिएको छ । त्यसले दिएको सुझावको आधारमा आयोगले उक्त दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्ने अनुमति दिने प्रमुख आयुक्त थपलियाले प्रस्ट पारे ।

    उनले भने, ‘अब निर्वाचनको दिन नेपाल बन्दको दिन हो कि भन्ने अभिव्यक्ति दिनुपर्ने छैन र हामीले पनि सुन्नुपर्ने छैन भन्नेमा हामी ढुक्क छौं ।’ ४ मंसिरमा हुने निर्वाचनका लागि आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता हुँदैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार