२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

रोशीकप २०७९ को उपाधी वडा नं ९ लाई


२५४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • प्रदिप के.सी

    काभ्रेपलाञ्चोक । रोशीकप २०७९ को प्रथम उपाधि रोशी ९ ले हातपार्न सफलभएको छ । त्यसैगरी उपविजेता रोशी १० वाल्टिङले हासिल गरेको छ ।

    फाइनल खेल रोशी ९ र रोशी १० विचमा भएको हो । रोशी ९ ले रोशी १० लाई ० का विरुद्ध ३ गोलको अन्तरमा उपाधि चुम्न सफल भएको हो । रोशीगाउँपालिकाको सहयोग तथा पिन्थली युवाक्लवको आयोजनामा भएको उक्त खेलमा विजेता टिम रोशी ९ लाई कार्यक्रमको सभापति तथा पिन्थली युवाक्लवको अध्यक्ष राजकुमार लामा, प्रमुख अतिथि रोशीगाउँपालिकाको अध्यक्ष दिनेश लामा, विशेष अतिथि तथा रोशीगाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा तथा प्रमुखप्र शासकिय अधिकृत रामबहादुर तामाङद्धारा नगद रु १ लाख सहित ट्रफि, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

    त्यसैगरी उपविजेता रोशी १० को टिमलाई नगद रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने वेस्ट गोल किपर सरोज लामा, वेस्ट गोलकर्ता सुरज ठकुरी, वेस्ट खेलाडीको उपाधि सुमन श्रेष्ठलाई वितरण गरिएको थियो । असोज २१ गतेदेखि सुरु भएको उक्त खेल मारोशीगाउँपालिका, सुनकोशी गाउँपालिका, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिका वडा र क्लव गरी जम्मा २१ टिम बिचमा प्रतिस्पर्धा भएको थियो ।

    कार्यक्रममा वडा नम्बर १० को वडा अध्यक्ष विकेन लामा, ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बहादुर बस्नेत,नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य ज्ञान बहादुर लामा, नेपाल रेडक्रस सोसाईटीका मंगलटार शाखाका अध्यक्ष दामोदार श्रेष्ठ, रोशी ११ का निवर्तमान वडा अध्यक्ष मिलन लामा लगायत स्थानीय समाजसेवी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार