२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

१ सय ९३ घरको लागि मिटर बक्स वितरण गरे अध्यक्ष जिम्वाले


२५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २९, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले स्थानीयलाई अनुदान सहितको विद्युत मिटर बक्स वितरण गरेको छ । विहिबार अध्यक्ष जिम्बाले वडा नं. ३ र ४ का १ सय ९३ घरधुरीलाई मिटर बक्स वितरण गरेका हुन् ।

    अध्यक्ष जिम्बाले नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको लेखा अधिकृत अर्जुन कुमार शर्मा लगायत इन्जिनियर र वडा अध्यक्षहरुको उपस्थितिमा मिटर बक्स वितरण गरेका थिए ।

    विद्युत मिटर बक्स वितरणसँगै महाभारतका जनता खुशी भएका छन् । ‘आजसम्म पनि हामी अन्धकारमा बस्न बाध्य छौं । अब यो मिटर बक्स पाएपछि घरमा अब चाँडै उज्यालो आउने भयो । खुशी लाग्यो ।’ स्थानीय एक बृद्धाले भने, ‘अध्यक्ष कान्छालाल जिम्बाको सक्रियताले हाम्रो घरमा पनि उज्यालो छाउने भयो ।’

    केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा गाउँपालिकाको सबै वडामा वितरण गरिनेछ । गाउँपालिकाको दशौं गाउँसभाले अनुदानमा मिटर बक्स वितरण गर्ने निर्णय बमोजिम अनुदानमा वितरण गरेको अध्यक्ष जिम्बाले बताए ।

    नेपाल विद्युत प्राधिकारणले मिटर बक्सको लागि १ हजार ७ सय ३० रुपैयाँ, कनेक्टर ४ सय ९६ रुपैयाँ, श्रम सेवा शुल्क १ सय ५० रुपैयाँ र भ्याट १३ प्रतिशतको ३ सय ९ रुपैयाँ गरि जम्मा रकम रु. २ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ । गाउँपालिकाले अनुदान स्वरुप ९ सय ३५ रुपैयाँ दिएको छ ।

    महाभारत गाउँपालिकाको वडा ३, ४ र ५ ले ढुवानी सहित १ हजार ७ सय ५० रुपैयाँ दरले उठाएका छन् । भौगोलिक अवस्था अनुसार कुन वडामा कति रकम संकलन गर्ने भनी गाउँपालिकाले निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार