२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कृषकहरूले अरनिको राजमार्ग बन्द गर्ने घोषणा‚ कृषकको माग पुरा नभए नगरमा अनिश्चित कालिन ताला बन्दी 


२७३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । कृषकहरूको प्रमुख खेती लगाउने समयमा रासायनिक मल अभाव भएकोले सहज ढंगबाट आपुर्तिका लागि काभ्रे पाँचखालका कृषकहरू आन्दोलनमा उत्रिने भएका छन् ।

    आज (विहिबार) सहज ढंगबाट मल आपुर्तिका लागि गठित संघर्ष समितिले पाँचखाल नगरपालिकाका उपमेयर सुर्यमाया दनुवार र जिल्ला प्रशासन कार्यालय काभ्रेमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    पाँचखाल समाजकल्याण चोकबाट नारा लगाउदै आएका कृषकहरूले नगरका प्रमुख प्रसाशकिय अधिकृत दिनेश प्रसाद थानी र उपमेयर सुर्यमाया दनुवारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउने प्रयास गरेपनि प्रमुख प्रसाशकिय अधिकृत थानीले असमर्थ जनाएपछि उपप्रमुख दनुवारलाई मात्रै पत्र बुझाएको थियो ।

    उक्त ध्यानाकर्षण पत्रमा उल्लेख भएको छ, कृषकको समस्यालाई मध्यनजर राख्दै सहज ढंगबाट तत्कालै रासायनिक मलको व्यवस्था नमिलाएमा चरणबद्ध आन्दोलन गर्ने उल्लेख भएको छ । जस अन्तरगत कात्तिक ४ गते विहान ८ बजेबाट ८:३० सम्म अरनिको राजमार्ग बन्द‚ ५ गते नगरपालिकामा १ घण्टा धर्ना‚ ६ गते नगरको कृषि शाखामा १ घण्टा धर्ना गर्ने संघर्ष समितिका संयोजक ज्ञानबहादुर थापा द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख भएको छ ।

    नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारलाई मध्यनजर राख्दै सो समयमा कुनै विरोधका कार्यक्रमहरू नगर्ने र उक्त समय सम्म पनि कृषकहरूको माग पुरा नभएमा कात्तिक १३ गतेबाट अनिश्चितकालीन ढंगबाट अरनिको राजमार्ग बन्द गर्नाको साथै पाँचखाल नगरपालिका र नगरका १३ वटै वडाहरूमा तालाबन्दी गर्ने उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार