२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

भौतिक पूर्वाधारमन्त्रीले उम्मेदवारलाई असहयोग गरेको अभियोगमा बर्खास्त


२६६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • २९ कात्तिक, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।

    कास्की-२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन् । सो यो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार