२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित,एकको मृत्यू 


३०६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ४ मंसिर, काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

    सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार