मंसिर ८
काभ्रेपलान्चोक । जिल्लाको प्रतिनिधिसभा २ को प्रदेशसभा (क) बाट नेकपा (समाजबादी) र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ ।
लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार नेकपा एकिकृत समाजवादीका उम्मेदवार लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गर्नु भएको छ । अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेशसभा सदस्यमा नै विजयी हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस