२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रे २ ख मा गठबन्धनका वादे निर्वाचित


३२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । प्रदेश सभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २(२)मा नेपालीका कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् । बादेले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पारेका हुन् । कांग्रेसका बादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् । यता एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् ।

    बादेले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पराजित गरेका थिए । निर्वाचित बादे नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री हुन् ।

    बादेसँगै प्रदेश सभा २(२)मा ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये प्रदेश २(२) मा ५५ हजार ६ सय ८० मत खसेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार