काभ्रेपलाञ्चोक । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली काँग्रेस नेता तथा कार्यकर्ताले अन्तरघात गरी आफ्नै पार्टीका उम्मेदवारलाई हराएको भन्दै काँग्रेसका कार्यकर्ताले कारवाहीको माग गरेका छन् ।
मण्डन देउपुर नगरपालिका वडा नं १ काँग्रेस वडा कार्यसमितिका सम्पुर्ण पदाधिकारीले हस्ताक्षर सहितको विज्ञप्ति जारी गर्दै अन्तरघातिलाई कारवाही नभएसम्म निश्किृय रहने निर्णय गरेका छन् ।
स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा गठबन्धन पक्षधरको १८ हजार मत बढी रहेको थियो । एमालेको भन्दा गठबन्धन पक्षधरको १८ हजार मत बढी रहेको अवस्थामा समेत पार्टीभित्रैबाट अन्तरघात गरेर गठबन्धनका उम्मेदवारलाई हराउने खेल खेलेको भनि नेपाली काँग्रेस पार्टीका निष्ठावान कार्यकर्ताहरु चिन्तित भएका छन् ।
प्रतिक्रिया दिनुहोस