२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रे-१ मा गठबन्धनका साझा उम्मेदवार दोङ बिजयी


२७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर १०, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन ।

    माओवादी, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतका पार्टीहरु सम्मिलित लोकतान्त्रिक-बाम गठबनधनका साझा उम्मेदवार दोङ ३४ हजार ५ सय १२ मतका साथ विजयी भएका हुन ।

    शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज समेत रहेका दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन । दोङले लामालाई ३९६४ मतान्तरले पछाडी पारेका थिए ।

    यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए । दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार