२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

विहेभोज खाँदा ३०० जना बिरामी


१०९३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • २६ मंसिर, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ ।

    कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ । अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएको डा. महतोले जानकारी दिए । ‘उनीहरु सबैको अवस्था अहिले स्टेबल छ, सबैको लक्षण उस्तै देखिन्छ, हेर्दा होटलको खानाबाट फुड पोइजन भएको जस्तो देखिन्छ,’ डा. महतोले भने ।

    बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् । जन्तीमा सहभागी गैंडाकोटका सविन लम्सालले भोजमा सहभागीमध्ये दुवै तिरका गरेर ३ सय जना बिरामी परेको बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार