२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई नत्थी


३३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष ३, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले  बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।

    उनले जानकारी बिना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृति बाहेक बिदा पनि बस्न नपाइने बताए ।

    ती अधिकारीले आफूखुसी कार्यलय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीबिना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ ।

    मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार