काभ्रेपलाञ्चोक । नेपाल परिवार नियोजन संघ काभ्रे शाखालाई आधुनिक अक्सिजन कन्सन्ट्रेट उपलब्ध भएको छ । जसको कारण सेवाग्रहीहरुले सहज ढंगबाट सेवा पाउने भएका छन् ।
सुलक्षण कीर्ति बिहार -BLIA _ ले परिवार नियोजनसंग सम्बन्धित धेरै प्रकारको सेवा प्रदान गर्दै महिलाको स्वास्थ्यमा विषेश ध्यान दिदै विगत लामो समयदेखि सेवा दिदै आएको संस्थालाई सेवा प्रदानमा थप सहजता मिलोस् भन्ने उद्देश्यले उपलब्ध गराएको छ ।
शुभलक्षण कीर्ति बिहार -BLIA _ का अध्यक्ष माधुरी शाक्यले भन्नुभयो—राम्रो कार्य गर्नेलाई हौसला प्रदान गर्नु हामी सबैको कर्तव्य हो । हामी सबैको हौसला‚ साथ सहयोगको कारण नेपाल परिवार नियोजन संघले दिने सेवामा थप टेवा पुग्छ । बनेपा शाखाका प्रमुख तुलसी देवी मानन्धरले हाम्रो संस्थासँग अनुरोध गरेकोले सहयोग गरेउ ।
त्यसैगरी संस्थाका सचिव उत्तमलाल मानन्धरले भन्नुभयो—नेपाल परिवार नियोजन संघ जस्तो पवित्र संस्थालाई सहयोग गर्नु परिवार नियोजन सम्बन्धी सेवा लिने सम्पूर्ण सेवाग्रहिलाई सहयोग गर्नु हो । अक्सिजन कन्सन्ट्रेट बाट एकै पटक दुईजनाले सेवा लिन मिल्छ । यो आधुनिक ढङ्गको अक्सिजन कन्सन्ट्रेट मेसिनले आफै अक्सिजन उत्पादन गर्छ । लगभग २ लाख ५० हजार पर्ने उक्त मेसिनबाट अक्सिजन लिदा बिरामीलाई चाहिने मात्रामा प्रदान गर्छ । यसले अटोमेटिक ढंगबाट कति आवश्यक पर्छ त्यतिनै प्रदान गर्छ । यदि बिरामीको लागि आवश्यक नभएमा आफै बन्द हुन्छ ।
प्रतिक्रिया दिनुहोस