काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता गरेको आरोप छ । छानबिनको क्रममा उनलाई जंगी अड्डा स्थित ब्यारेकमा राखिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।
सैनिक स्रोतका अनुसार अहिले उनलाई सैनिक प्रहरी गणमा राखिएको छ । सैनिक प्रवक्ता भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’
बिहीबार सैनिक प्रहरीले बुढानिलण्ठस्थित घरमा छापा मारेको बताइएको छ । तर, सैनिक प्रवक्ता भण्डारीले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।
प्रतिक्रिया दिनुहोस