काभ्रेपलाञ्चोक । नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशन एक भव्य कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता , नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बागमती प्रदेश संयोजक जित श्रेष्ठको बिषेश आतिथ्यतामा सम्पन्न कार्यक्रम बाट संजिव बिक्रम थापाको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा रमेशकुमार नेपाली, प्रदीप कुमार प्रजापती, राज परियार, ताहिर आलम, राजकुमार जैरु, सुदिपराज रेग्मी, सुजेन्द्र परियार, विनोद परियार, विष्णु केशरी श्रेष्ठ, लुकमान अन्सारी, प्रमिला केसी, सञ्जु जोशी, प्रमिला श्रेष्ठ र स्वस्तिका खड्का चयन रहनु भएको छ ।
निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि, बिषेश अतिथि लगाएत अतिथिहरु महेश कायस्थ, सानुकाजी थापा,सुबरत्न गोसाइ, निवर्तमान अध्यक्ष रधुनाथ कपाली लगाएतले शुभकामना दिदै समसामयिक बिषयमा चर्चा निर्वाचित कार्यसमितिको कारण व्यवसायी साथै उपभोक्ताहरुको हित हुने ठोकुवा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस