२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

चोरीमा संलग्न ५ जनालाई प्रहरीले झ्याप


३२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । निर्माण सामाग्री चोरी गरेको अभियोगमा काभे्र प्रहरीले ५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।

    मंसिर ११ गते रातीको अन्दाजि २ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ६ को गोसाईकुण्ड स्थित पदम कुमार दुलाल समेतको निर्माणधिन घरबाट घर निर्माण कार्यामा प्रयोग गरीने फलामका टेकाहरु सोही निर्माणधिन घरमा राखिएको अवस्थामा चोरी भएको प्रहरी समक्ष उजुरी परेको थियो ।

    उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलिले खोजतलासको क्रममा निर्माण सामाग्री (फलामका टेकाहरु) पुष २१ गते काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.११ को राम मन्दिर स्थित कपन लसुनटार भन्ने स्थानमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो । सोही फेला परेको सामानको आधारमा सि.पा.जि. बाह्रबिसे न.पा. वडा नं. ०८ बस्ने बर्ष ३५ को दिनेश लामा । सिन्धुली जिल्ला तिनपाने गा.पा. वडा नं. ०९ बस्ने बर्ष २६ को मान सिं पाख्रिन, सोही ठाउं बस्ने बर्ष २८ को पदम ब्लोन, बर्ष १८ को लिला ब्लोन र बर्ष २३ को टेक बहादुर मिजार प्रक्राउ परेका हुन् ।

    प्रहरीले घर बनाउनको लागी प्रयोग हुने फलामको टेका २६० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु