२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

घनश्याम भूसाल नेकपा (एस)मा प्रवेश


३६३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।

    गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिधीसभा सदस्यमा पराजित भएका थिए । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेका छन् । तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एसले नै अबको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने उनको दाबी थियो ।

    यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनले भनेका थिए, ‘नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।’

    भूसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गरेका थिए । नेकपा (एस) मा प्रवेश गरेपछि उनलाई के जिम्मेवारी दिइनेछ भन्ने भने खुलाइएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार