२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 काभ्रे बीउ व्यवसायी संघको नेतृत्वमा दाहाल


३२३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति काभ्रेको छैटौँ  वाषिर्क साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ  । अधिवेशनबाट टिका प्रसाद दाहालको नेतृत्वमा ११ जना कार्यसमितिको चयन भएको छ ।

    जसको उपाध्यक्षमा सुरेश सुन्दर सैँजु‚ सचिव शम्भु पराजुली‚ कोषाध्यक्ष हरिकृष्ण मानन्धर रहनु भएको छ । विधानतः नि वर्तमान अध्यक्ष पदेना सदस्य रहनु पर्ने भएकोले नि वर्तमान अध्यक्ष रमन मानन्धर पदेना सदस्य र अन्य सदस्यहरूमा हिरालाल श्रेष्ठ‚ मनोज सापकोटा‚ रामगोपाल घिमिरे‚ मुना दनुवार‚ माधव सापकोटा र श्रीकृष्ण तिमलसिना चयन हुनु भएको छ ।

    कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रिय अध्यक्ष बसन्त चन्द्र मरहठ्ठा‚ कृषि ज्ञान केन्द्र काभ्रे प्रतिनिधि कृषि प्रचार अधिकृत झरना पन्थी ‚ वीउ व्यवसायी संघ केन्द्रिय निवर्तमान कोषाध्यक्ष सरोज सापकोटा‚ बीउ व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष सुवास कुमार धिताल‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संघका अध्यक्ष रमन मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघको प्रगति प्रतिवेदन टिका प्रसाद दाहालले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिकृष्ण मानन्धरले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शम्भु पराजुलीले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार