२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

नेवा पत्रकार संघ काभ्रेले केन्द्रिय टोलीलाई सम्मान


३६६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • आर.एल.श्रेष्ठ

    २७ माघ,काभ्रेपलाञ्चोक । नेवा पत्रकार संघ काभ्रेले केन्द्रिय पत्रकार संघको टोलीलाई सम्मान गर्दै सफ कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    ९७ वर्ष लामो पत्रकारिताको इतिहास बोकोको नेवा पत्रकारहरूको आज बनेपाको काभ्रे क्याम्पसमा भएको भेलाले नेवा पत्रकार केन्द्रिय समितिका पदाधिकारी एवं नि वर्तमान पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

    नेवा पत्रकार काभ्रेका अध्यक्ष सोमकाजी शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि काभ्रे क्याम्पस बनेपाका सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि कायस्थले मुलुकमा भएको बिभिन्न राजनीतिक परिवर्तनमा नेवा पत्रकारहरूको ठुलो योगदान रहेको बताउनु भयो । ९७ वर्ष अगाडि धर्मादित्य धर्माचार्यले पत्रकारिताको सुरुवात गर्दै राष्ट्रिय हितको खातिर अगाडि बढ्नुभएको बताउनु भयो । राणा कालिन समयमा नेपालमा रहेर पत्रकारिता गर्न प्रतिबन्ध हुँदा भारतमा रहेर समेत नेपाल भाषाबाट पत्रकारितालाई निरन्तरता दिएको बताउनु भयो ।

    कार्यक्रममा नेवा पत्रकार संघका केन्द्रिय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाली पत्रकारितामा इतिहास रच्ने साथै पत्रकारिताको माध्यमबाट नेपाल हित गर्ने साथै भाष तथा सङ्कृतिको संरक्षणमा ठुलो योगदान पुर्याउनुहुने धर्मादित्य धर्माचार्यको सालिक बनाउने बताउनु भयो । मुलुकको हितको लागि इतिहास रच्ने व्यक्तित्वको सम्मान गर्नु हाम्रो कर्तव्य हो जुन कार्यले नयाँ पिडिहरुलाई समेत हौसला मिल्ने बताउनु भयो ।

    त्यसैगरी नेवा पत्रकार संघका केन्द्रिय पार्षद् सूर्य प्रसाद लाकोजुले हामी नेवा पत्रकारहरूले अक्षरको मार्गबाट चेतना प्रदान गर्ने कर्म गरिरहेका छौं । जुन कर्म हामीलाई हाम्रा दिग्गजले देखाएको मार्ग भएको बताउनु भयो । समाचारमा सत्यता चाहिन्छ जसको कारण आम पाठकको मन जित्न सफल हुन्छौ । नेवा पत्रकारहरूले सत्यताको आधारमा समाचार खेल्दै आएको र निरन्तर रुपमा सत्यकै पक्षमा कलम चलाउने बताउनु भयो ।

    त्यसैगरी नेवा पत्रकार संघका केन्द्रिय निवर्तमान अध्यक्ष सुरज विर वज्राचार्यले नेवा पत्रकार संघ काभ्रेको कर्मलाई अविस्मरणीय सत्कर्म भएको औँल्याउनु भयो । हामी सङ्ख्यामा कमी छौं तर निष्पक्ष समाचार लेख्ने विषयमा अव्बल छौं । नेपालमा पत्रकारिताको इतिहास कोर्ने व्यक्तित्वले देखाएको सत्मार्गका निरन्तरता दिदै अगाडि बढ्ने ठोकुवा गर्नुभयो ।

    नेवा पत्रकारिताको बारेमा भाषागत व्याख्यात्मक ढंगबाट कार्यक्रमको सञ्चालन समाजसेवी एवं नेवा पत्रकारिताका अग्रज प्रकाश बहादुर कायस्थले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेवा पत्रकार संघका केन्द्रिय पार्षद् शिद्धि बहादुर कर्माचार्यले स्वगत मन्तव्य राख्नुभएको थियो भने नेवा पत्रकार संघ काभ्रे सह सचिव विपश्यना शाक्यले संघको उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार