काभ्रेपलाञ्चोक । महिला बालकालिका तथा जेष्ठ नागरिकका समस्या समाधान गर्नको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा हाम्रो टिम छ । महिला तथा जेष्ठ नागरिकको समस्या बुझ्ने ढङ्गको टिम छ । महिला सेलमा आएको सूचना अत्यन्त गोप्य रहने तर सोही खाले सूचना स्थानीय तहमा गोपनीयता नहुने भन्ने अन्तरक्रियाको क्रममा सुन्न पाउँदा खुसी लाग्यो ।
उक्त भनाई बागमती प्रदेशका प्रहरी प्रमुख प्र.न.म.नि डीआईजी दीपक थापाले काभ्रेमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो । उहाँले थप्नुभयो—महिलाको सम्बन्धमा नेपालको संविधान नेपालको कानुन अनुसार अगाडि बढ्ने छ ।
कार्यक्रमका प्रमुख अतिथि डीआईजी थापाले सिलिङमै बेस बजेटको आधारमा निर्धारित सिममा रहेर कार्य गर्दै जाने क्रममा नेपाल प्रहरीलाई उपलब्ध भएको बजेट ९२ प्रतिशत बजेट तलब भत्तामा खर्च हुन्छ । बाँकी रहेको बजेटबाट २ .५ प्रतिशत सञ्चालन खर्च (४९० कार्यालय‚ २६०३ प्रहरी कार्यालय ७९५४१ दर्बन्दि) लाई पुर्याउनु पर्ने हुन्छ । बजेट सीमित भएकोले स्थानीय तहका सरकार साथै व्यवसायिहरुसंग सहकार्य गर्दै अगाडि बढेको बताउनु भयो ।
अश्रुग्यासले काम नगरेमा भिडले प्रहरीलाई मारिदिन्छ‚ हुल‚ भिड दङ्गाको भर हुदैन । बालाजुको अस्था दर्दनाशक छ‚ निर्जीव बस्तुलाई नास गरेर राज्यको क्षति गराउनु राम्रो हैन । बालाजुमा भएको क्षतिको कारण हामीले राज्यसँग २ करोड माग गरेका छौं । प्रहरीसंगै जनताको आक्रोश‚ साथी‚ सहकार्य‚ दुस्कार्य हुने गरेको छ । प्रहरीको काम सीमित स्रोत साधनलाई उपयोग गर्दै स्थानीय स्तरमा सहकार्य गर्दै अगाडि बढ्ने डीआईजी थापाले बताउनु भयो । पैदल ग्रस्ति साइकल ग्रस्ति चौकी चौकिबाट हुन्छ । प्रत्तेक चौचि बाट ५ जना प्रहरी पैदल ग्रस्तिमा निकाल्नको लागि निर्देशन दिनुभयो ।
डीएसपी ढुण्डिराज न्यौपाने द्वारा सञ्चालित उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख चक्र कुँवर खापुङ‚ नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना‚ काभ्रे उद्योग वाणिज्य संघ अध्यक्ष राजेन्द्र पसछे‚ धुलिखेल वडा नं ७ का वडा अध्यक्ष रोमी श्रेष्ठ‚ नागरिक समाजको तफर्बाट निर्मला काफ्ले लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस