२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 पुरुषहरू रुन नमिल्दा आत्महत्याको बाटो रोज्छन्‌—काफ्ले


३५३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । विगतको समयमा आत्महत्या गर्नेहरूको संख्या महिलाको बढी हुन्थ्यो‚ पछिल्लो समयमा पुरुषको संख्या बढेको छ । त्यसो हुनुको प्रमुख कारण पुरुषहरूले रोएर मनको पीडा पोख्न नपाउनाले हो ।

    उक्त भनाई सामाजिक अभियन्ता निर्मला काफ्लेले जिल्ला प्रहरी कार्यालय काभ्रे द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो । उहाँले थप्नुभयो महिलाहरूलाई पीडा हुँदा रोएर मनको पीडा एकआपसमा साटासाट गरी मनलाई शान्ति दिन्छन् तर पुरुषले रोएर मनलाई शान्ति दिने अवसर पाउँदैनन् ।

    कार्यक्रममा काफ्लेले पुरुषहरू रुन हुँदैन भन्ने भनाई छ‚ कोही रोयो भने “लोग्ने मान्छे भएर नि रुन्छन् छि” भनिन्छ । त्यसको कारण मनमा जे जस्तो पीडा पर्धानी रुदैनन् जसले गर्दा मनको पीडा पोख्ने ठाउँ नपाएर आत्महत्याको मार्ग पहिल्याउँदा आत्महत्यामा पुरुषको संख्या बढ्न गएको बताउनु भयो ।

    समाजमा बालविवाहको घटनाहरू बढ्दो छ तर स्थानीय तहमा त्यस्तो तथ्याङ्क छैन‚ जनप्रतिनिधिहरूले कानुनी अवस्थाको बारेमा जनचेतना प्रदान गर्ने कार्यमा कुनै चोसो नभएको काफ्लेले बताउनु भयो । महिला तथा बालबालिकाको समस्याको विषयमा स्थानीय तहमा कुरा राख्दा सुनुवाइ नगर्ने मात्रै नभएर गोप्यता समेत भङ्ग गर्ने गरेको दुखेसो पोख्नुभयो । त्यस्तै खाले समस्या प्रहरी महिला सेलमा ल्याउदा गोप्यता कायम गर्दै सहज ढंगबाट समस्या समाधान हुनेगरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार