२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चक्रपथ विस्तारका लागि सरकारले बढायो सक्रियता


२९८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ । चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ ।

    नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा विस्तार गर्न लागिएको सडकखण्डको आज ९बिहीबार० स्थलगत निरीक्षण गर्न लागिएको छ । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकता’दयगत जानकारी लिन स्थलगत निरीक्षण गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    मन्त्री श्रेष्ठसँगै चिनियाँ राजदूत ‘छन् सङ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत नेपालका लागि सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

    नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत आफूले गर्नुपर्ने साइट क्लियरको कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकेको छैन । यो समाचार राजधानी दैनिकमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार