२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पकेटमारालाई बनेपा प्रहरीले झ्याप


३७६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । सार्वजनिक यातायातमा यात्रुको पकेट मार्ने लाई बनेपा प्रहरीले पक्राउ गरी आवस्यक कानुनि कारवाही प्रकृया अगाडि बढाएको छ ।

    धुलिखेल बाट काठमाण्डौ तर्फ जादै गरेकोे भाडाको बसमा बनेपा तरकारी बजार नजिक पुग्दा काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गा.पा. वडा नं. ०५ बस्ने टेक प्रसाद चौलागाईको ज्याकेटको पकेटमा रहेको नगद रु. २०,०००(बिस हजार) पकेट मारेको भन्ने प्रहरीलाई जानकारी पाउनासाथ प्रहरीको सकृयतामा पक्रमउ गर्न सफल भएको छ ।

    पकेट मारा तनँहु जिल्ला सुक्लागण्डकी न.पा. वडा नं. ०१ घरभई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ बानेश्वर बर्ष २६ को उत्तम कार्की लाई डिउटीमा खटिएको प्रहरीले तत्कालै पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पक्राउ परेका अभियुक्तलाई चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४१ अनुसार कारबाहीको लागि प्रकृया अगाडि बढाएको छ ।

    सोही अभियोगमा का.प.जि. बेथानचोक गा.पा. वडा नं. ६ बस्ने बर्ष २७ को बिनोद थापा लाई भक्तपुर चांगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ र धाडिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ बस्ने बर्ष २९ को कुमार बि.क.भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ४ बाट पक्राउ परेका बनेपा प्रहरीले बताएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार