२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पत्नीसंगको विवादले गर्दा पराजुलीले आफ्नै शरिरमा लगाए आगो


३४६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १३, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । सिन्धुपाल्चोक घर भएका उद्धव पराजुली लगनखेलस्थित विद्युत्त प्राधिकरणको क्वाटरमा बस्दै आएका  सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ चुम्लुङ बेसी घर भएका पराजुलीले बिहीबार साँझ मट्टितेल छर्केर आफैंलाई आगो लगाएका छन् ।

    उद्धवले प्राधिकरणको कम्पाउण्ड भित्र आफैंलाई आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । चिकित्सकहरुका अनुसार उनको शरीर ४० प्रतिशत भाग जलेको छ ।

    पत्नीसँग झगडा गरेर उनले आफैंलाई जलाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसएसपी शाह भन्छन्–‘घरायसी झगडा गरेर उनले आफैंलाई जलाएको देखिन्छ ।’ प्राधिकरणको क्वाटरमा स्टाफ नर्स पढ्दै गरेकी भदैनी पनि सँगै बस्थिन् । तर, उद्धवले मट्टितेल ल्याएर आगो लगाएपछि मात्र परिवारको सदस्यहरुले थाहा पाए ।

    उद्धवकी पत्नी विद्युत्त प्राधिकरणको मुख्य कार्यालय रत्नपार्कमा कार्यरत छिन् । सुरक्षा गार्ड काम गर्ने उद्धवले पछिल्लो समय सो काम छाडेर बसेका थिए । घटना हुनासाथ पाटन अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नहुँदा कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । उद्धवले मट्टितेल कहाँबाट ल्याए र किन आफैंलाई जलाए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार