२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पूर्व सांसद बमध्वजलाई मातृशोक


५२८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र ३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का बैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्व संसद गंगा बहादुर तामाङ (बमध्वज)लाई मातृ शोक परेको छ । पूर्व सांसद तामाङकी आमा कामीस्या तामाङको शुक्रबार विहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

    क्यान्सरबाट पिडित तामाङको शुक्रबार बिहान ३ बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा निक्कै ठूलो भूमिका खेलकी तामाङ सहिद लनाम तामाङ (प्रगति)को आमा समेत हुन् । २०५२ साल फागुन १ गते गाउँबाटै जनयुद्ध शुरु भएपछि बारम्बार प्रहरी दमनबाट पिडीत दिवंगत तामाङ पार्टीको स्थानीय स्तरको विभिन्न कमिटीमा रहेर समेत योगदान दिएकी थिइन् । जनयुद्धकै क्रममा २ पटकसम्म उनी गिरफ्तारीमा परेकी थिइन् ।

    दिवंगत तामाङको ३ छोरा र ४ छोरीहरु छन् । कान्छो छोरा जनयुद्धमा सहिद भएका थिए ।

    दिवंगत तामाङको शव अहिले स्वयम्भू स्थित शेर्पा गुम्बामा राखिएको र बौद्ध धर्म अनुसार आजै दहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार