काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ । नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।
कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनियर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए । कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ।
उपशाखा प्रमुख सुनुवारले नगर भित्रका सहकारी संस्थालाई क्रमशः कोेपोमिसमा आवद्ध गर्दै लैजाने बताइन् । तालिमको उद्धघाटन कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगर क्षेत्रका सहकारीलाई व्यवस्थित गर्दै लगिने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सहकारीसम्बन्धी तथ्यांक व्यवस्थित गर्दै सहकारीले गरिबी निवारण र आर्थिक समृद्धीमा योगदान गर्नुपर्ने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस