२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पूर्वराजदूत पत्नीलाई प्रहरीले झ्याप


१०५५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १५, बुधबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । ठगी आरोपमा प्रहरीले रेणु कुमारी थापा (बस्न्यात) लाई पक्राउ गरेको छ । आरोपी पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातकी पत्नी हुन् । रोक्का भैसकेको जग्गाको बैन लिएर ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । आरोपीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।  पीडितको जाहेरका आधारमा उनलाई पक्राउ गरिएको छ ।

    आरोपीले ठिमीमा रहेको १ रोपनी चार आना जग्गा रामेछापका भुवन विक्रम घिमिरेलाई बेच्ने भनेर ७५ लाख रूपैयाँ बैना लिइन् । २०७६ माघमा सो जग्गा किनेबेच गर्ने सहमति भएको थियो । त्यसपछि घिमिरेले ७ फागुनमा ७५ लाख रूपैयाँ थापालाई दिएका थिए । तर, सो जग्गा पास गर्न रेणुले आनाकानी गरिन् ।  कोरोना महामारीको समयमा घिमिरेले जग्गामा पुग्न २४ लाख खर्चेर बाटो समेत बनाएका थिए । उक्त जग्गाको बैना गर्दा पूर्वराजदूत बस्न्यात र एकजना साक्षी बसेका थिए ।

    आफुले जग्गाको बारेमा कुरा गर्दा कुटपिट समेत गर्दै आएको उजुरीकर्ता घिमिरेले बताए । पछि बस्न्यात परिवार अमेरिका गएको थियो । अमेरिकामा डेढ वर्ष बसेर नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि आफुले जग्गाको बारेमा कुरा गर्दा धम्की दिने गरेको बताए । उक्त जग्गा मालपोत कार्यालयमा विगत ६ वर्षदेखि रोक्का गरेको राखेको पाइएको प्रहरीले जनाएको छ ।

    उक्त जग्गा प्रति आना १७ लाख २५ हजार रूपैयाँका दरले एक रोपनी चार आना तीन पैसा तीन दाम जग्गा ३ करोड ६१ लाख १७ हजार १८७ रूपैयाँमा बिक्री वितरण गर्ने सहमति भएको थियो । त्यसका लागि घिमिरेले ७५ लाख रूपैयाँ बैना दिएको बताए । बैना दिएपछि उक्त जग्गामा बाटो बनाउनको लागि आफुले थप २४ लाख रूपैयाँ खर्च गरेको तर, अन्तिममा जग्गा आफ्नो नाममा नगरेपछि प्रहरीमा उजुरी गरेको उनको भनाई छ ।  पहिलो किस्तामा ७५ लाख बुझाएको र दोस्रो किस्तामा एक करोड रूपैयाँ बुझाउने गरी सहमति भएको थियो । उक्त पैसा २०७७ को वैशाख महिनाभित्रमा बुझाउने भन्ने थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार