काभ्रेपलाञ्चोक । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नव दुर्गा साकोस पनौती प्रथम‚ आर्थिक विकास मित्र साकोस पाँचखाल द्वितीय आर्जन साकोस पाँचखाल तृतीय र बिन्धवासिनी साकोस पनौतीले सान्त्वना प्राप्त गरेको छ ।
सो प्रतियोगितामा सामुदायिक साकोस‚ बुडोल सामुदायिक साकोस‚ चण्डेश्वरी साकोस लगायत १७ साकोसहरु सहभागि रहेका थिए । प्रतियोगितामा सहभागि साकोसमा कार्यरत कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले आयोजना गरेको उक्त कार्यक्रममा सहकारीमा आवद्ध कर्मचारीहरू लाई हौसला प्रदान गर्ने साथै कुन संस्थामा कति सक्षम कर्मचारी रहेछन् भन्ने पहिचान र क्षमता विकासमा समेत टेवा मिल्ने ढंगबाट कार्यक्रमको आयोजना गरेको थियो ।
सहकारी दिवस मनाउने कार्यमा विगत भन्दा फरक शैलीबाट आयोजना गरेको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको छ । सहकारीहरुको विषयमा कतिपय अनर्गल हल्ला पिटाई रहेको अवस्थामा विगतको भन्दा फरक तौर तरिकाले वढ्नु समय सुहाउँदो भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले समेत साथ दिएका थिए ।
सहकारीको दिगोपन‚ स्वनियम र सुशासन‚ को माध्यमबाट सहकारी अगाडि बढ्दै आर्थिक अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका पिछडिएका बर्गको उत्थानको लागि सहकारी अनिवार्य छ भन्दै भुम्लु गाउँपालिकाको तफ र्बाट पहिलो पुरस्कार बराबरको आर्थिक सहयोग गरेको थियो । प्रतियोगितामा प्रथमले ३० हजार‚द्वितियले २० हजार‚ तृतियले १० हजार र सान्त्वनाले २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा जङ्गमको सभापतित्व तथा भूम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम भव्य र सभ्य ढंगबाट सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस