२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

काङ्ग्रेस नेताहरु माओवादी प्रवेशमा लर्को


६४७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २०, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    नेपाली काँग्रेसबाट ०७४ को स्थानीय तहमा महाभारत गाउँपालिका वडा नं. ३ बाट स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष ज्ञानबहादुर लामा सहित अन्य युवा हरु माओवादी प्रवेश भएका हुन् । सोमबार माओवादी पार्टी कार्यालय बनेपामा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय पोलिट्ब्योरो सदस्य एव काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ केन्द्रिय सदस्य रत्न ढकाल, रुकु चौंलागाईं, जिल्ला अध्यक्ष भोला अर्याल जिल्ला सचिव दैवलाल घिसिङ, महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामा, अध्यक्ष कान्छालाल जिम्बा लगायतले स्वागत गरेका थिए ।

    नेपाली काग्रेस पार्टी देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर राजनीति गर्नु पर्ने पार्टीको रुपमा रहेकोले काँग्रेस परित्याग गर्नुपर्ने बाध्यता भएको पूर्व वडा अध्यक्ष लामाले बताए । ‘नेपाली काग्रेस पार्टी देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर राजनीति गर्नु पर्ने पार्टीको रुपमा रहेको पाएँ ।’ उनले भने, ‘यस्तो राजनीतिक पार्टीले देश र जनताको सेवा गर्न नसक्ने र नेपाली काँग्रेसमा रहेर राजनीतिक रुपमा क्रियाशिल हुँदा ईमान्दार पुर्वक राजनीति गर्ने ईमान्दार नेता कार्यकर्ताको कुनै पनि स्थान र अस्तित्व नहुने पार्टी नै नेपाली काग्रेस पार्टी भएको पुष्टि भयो । त्यसैले काँग्रेस परित्याग गरेका हौं ।’

    विगत लामो समयदेखि हामी नेपाली कांग्रेस पार्टीमा संगठीत भएर देश र जनताको सेवा गर्ने उदेस्यले राजनीतिक रुपमा क्रियाशील भएको बताउँदै उनले २०७४ सालको स्थानीय तहको निर्वाचनको क्रममा नेपाली काँग्रेस पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमा सहभागि भएर निर्वाचित भई वडाको जनताको सेवा गर्ने अवसर पनि प्राप्त समेत जानकारी दिए ।

    ‘आजैको मितिबाट नै नेपाली काँग्रेस पार्टी परित्याग गरी देश र जनताको हितमा ईमान्दार पुर्वक समर्पित भएर लाग्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा म लगायतका साथिहरु प्रवेश गरेका छौं ।’ लामाले भने ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार