२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

पहाडी भागमा मेघगर्जनसहित पानी पर्ने


१२०६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २२, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ।

    बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ। मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु