२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

सडक दुर्घटनामा परिक्षार्थीको मृत्यु


७३५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २५, शनिबार मा प्रकाशित २ साल अघि
  • प्यूठान । एसईई दिएर घर फर्कंदै गरेका एक विद्यार्थीको प्यूठानमा हिजो शुक्रबार दुर्घटनामा परी ज्यान गएको छ। विद्यानन्द मावि गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परीक्षा दिएर घर फर्कंदै गर्दा बेल्वास मावि बेल्वास तापका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो।

    लोकचेतना एकेडमीको लु १ क १०९४ नम्बरको स्कुल बसले लु ६६ प ५३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको प्रहीले जनाएको छ। घर्तीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बस चालक प्रहरीको नियन्त्रणमा छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु