२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्वास्थ्य डाक्टर र नर्सको पेवा हैन‚ स्वास्थ्यमा सबैको अधिकार समान हुनु पर्छ —डा.सेडाई


११०५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २५, शनिबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । स्वास्थ्यको क्षेत्रमा डाक्टर र नर्सहरूले मात्रै कब्जा गर्न खोज्नु वा यो क्षेत्रमा हामी बाहेक अरु केही हैन भन्न खोज्नुले रोगको निर्मूल हुन सक्दैन । कुनैपनि महामारी नियन्त्रण गर्न सवै पक्षसंग सहकार्य गर्न जरुरी रहन्छ ।

    उक्त भनाई जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषेत्तम राज सेडाई ले विश्व स्वास्थ्य दिवसको अवसरमा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिभुखिकरण कार्यक्रममा बताउनु भएको हो ।

    कार्यक्रममा डा.सेडाईले मुलुकमा विभिन्न प्रकारका ( झाडापखाला‚ हैजा‚ बिफर‚ एच आइ.भि‚ टिभी‚ कुष्टरोग लगायत ) ठूला ठूला महामारी नफैलिएका हैनन् । त्यस्ता महामारीलाई नियन्त्रण गर्न सबै पक्षको साथ र सहयोगबाट सफल भएको बताउनु भयो । कती पय समस्याहरू औषधीले मात्रै ठिक नहुन सक्छ त्यसैले योग‚ व्यायाम‚ होमियोप्याथिक लगायतका स्वास्थ्यका क्षेत्रमा टेवा पुर्याउने पक्षसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

    विगतका धेरै उदाहरणहरू प्रस्तुत गर्दै डा. सेडाईले भन्नुभयो विगतमा सर्ने रोगको कारणले धेरै मानिसहरूको मृत्यु हुने गरेको थियो भने अबका दिनमा नसर्ने रोगको कारण मर्नेको संख्या बढ्ने बताउनु भयो । स्वास्थ्यलाई राम्रोसँग बुझेर रोग लाग्नु भन्दा रोगको बाटो छेक्ने अभियानमा अगाडि बढ्नु पर्छ जसको लागि खानपानमा होसियारी‚ व्यायाममा सकृयता रहन जरुरी छ ।

    स्वास्थ्यका लागि के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने विषयमा धेरैलाई जानकारी छ तर व्यवहारमा उतार्न चासो नदिदा समस्या हो । सुर्तिले विश्वको बजार कब्जा गरेको छ‚ सुर्ति स्वास्थ्यको लागि खराब भन्ने बुझ्दा बुझ्दै ताडिने किन गारो ? प्रजनन स्वास्थ्य सन्तान उत्पादनको लागि मात्रै हैन‚ जुन मानसिक‚ भौतिक साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि भन्ने विषयमा जानकार हुँदा हुँदै व्यवहारमा किन नउतार्ने ? यस्ता धेरै उदाहरणहरू छन् स्वास्थ्यमा रोगले आक्रमण गर्ने नदिने उपाय । यस्ता स्वास्थ्यको लागि फाइदा तथा घात हुने विषयमा विश्व स्वास्थ्य सङ्गठनले धेरै ठुलो भूमिका खेलेको छ जसले गर्दा स्वास्थ्यमा सुधार भएको । डा. सेडाईले भन्नुभयो ।

    कार्यक्रमका सभाध्यक्ष एवं पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमले पाँचखाल नगरको तफर्बाट स्वास्थ्यमा रहेको संवेदनशीलतालाई अवलम्बन गर्नेमा कुनै कञ्जुस्याँइ नगर्ने बताउनु भयो । सञ्चारले गर्दा विश्व सानो गाउंको रुपमा रूपान्तरण भएको छ‚ जसले गर्दा कुनैपनि मुलुकमा समस्या भएमा त्यसको असर नेपालमा नपर्ने सम्भावना रहन्न । हामी नगरवासीको स्वास्थ्यका विषयमा चनाखो रहने छौं‚ सम्भाव्यता रोगहरूबाट बचाउनको लागि सक्षम र सतर्कता अपनाउँछौ प्रमुख प्रशासकीय अधिकृत गौतमले थप्नुभयो । उहाँले थप्नुभयो—गर्मि महिना नजिकिँदो छ‚ सो समयमा रोगले अलि बडी आक्रमण गर्छ । डेंगु तथा औलो रोग फैलने सम्भावना छ‚ कोरोना पनि उकालो लाग्दैछ तर हामी प्रतिकात्मक ढंगबाट रोगलाई रोक्नको लागि अगाडि बढ्छौ‚ स्वास्थ्यकर्मीहरू हौसला र उमङ्गको साथमा फिल्डमा जाने वातावरण निर्माण गछौँ ।

    पाँचखाल स्वास्थ्य शाखाका सहसंयोजक विष्णु गौतम द्वारा सञ्चालित उक्त कार्यक्रममा स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीले गर्मी महिनामा लाग्ने डेंगु‚ औलो‚ झाडाबान्ता र कोरोनाको बारेमा सचेत साथै सतर्क हुनुपर्ने विषयमा जोडदिनु भएको थियो । त्यसैगरी होक्से स्वास्थ्य चौकी इन्चार्ज नारायण कृष्ण नायाजुले स्वास्थ्यको क्षेत्रमा सबै पक्षले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार