कपिल कोईराला
काभ्रेपलाञ्चोक । ग्रामिण बस्तिहरुमा रहेको रोगहरुको पहिचान तथा उपचारको लागि सहज गराउने उद्देश्यका साथ रोशी गाउँपालिका वडा नं ९ को मंगलटारमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
त्रिभुवन युनिभर्सिटी माईक्रोबमयोलोजी केन्द्रीय विभाग र मंगलजनविजय माध्यमिक विद्यालयको सयुक्त आयोजनामा चैत्र २४ र २५ गते दुई दिन चलेको शिविरमा ५ सय १ जना सहभागि भएका थिए । शिविरका संयोजक नवराज अधिकारीका अनुसार शिविरमा स्त्रीरोग, ल्यावको सेवा ( सुगर, प्रेसर, रगत, दिशा, पिसाव), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिन संग संम्बन्धित उपचारहरु गरिएको जानकारी दिए । शिविरमा सुगर, प्रेसर, छाला, मुत्रनली, ग्याष्टिक, भिटामिन लगायत सबै खालका औषधिहरु ४ सय ५० भन्दा बढि विरामीहरुलाई निःशुल्क बितरण गरिएको थियो ।
शिविरमा टोेली नेताको रुपमा माईक्रोबमयोलोजी केन्द्रीय विभागका प्रमुख डा. कोमलराज रिजालको नेतृत्व तथा प्रेम पौडेलको संयोजनमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा. सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा. नवराज बस्नेत, नाक, कान घाँटी विशेषज्ञ डा. कृति अधिकारी र डा. प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा. सहज्योति शाहले चेकजाँच गरेका थिए । त्यस्तै ल्याबमा टाइटन हेल्थ केयर सेन्टर बसुन्धराबाट इश्वरीय लामिछानेको नेतृत्वमा सेवा प्रदान गरेका थिए । मंगलजन विजय माध्यमिक विद्यालय तथा विशेषगरी शिक्षक राजेन्द्रप्रसाद अधिकारीको अगुवाईवा शिविर संचालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस