काभ्रेपलाञ्चोक / नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले मन्त्री बन्ने अवसर पाउनु भएको छ ।
लामा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । आइतबार बाग्मती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ लिनुभएको छ ।
२०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित लामा २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।
२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गर्नुभएका लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित हुनुभएको थियो । पार्टीको १२ औं र १३ आंै महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधी सभा क्षेत्र नं १ को सभापति हुनुभएको थियो । पार्टीको १४ औं महाधिवेशनमा काभ्रे जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस